दफा ७
अध्यक्षको काम, कर्तव्य र अधिकार
७. अध्यक्षको काम, कर्तव्य र अधिकारः
अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) समितिको निर्णय कार्यान्वयन गर्ने वा गराउने,
(ख) समितिको योजना, वार्षिक कार्यक्रम तथा बजेट तयार गरी स्वीकृतिको लागि समिति समक्ष पेश गर्ने,
(ग) आयोजनाको कार्यान्वयन तथा सञ्चालनसँग सम्बद्ध कार्यको निरीक्षण, अनुगमन गर्ने र त्यसको प्रगति विवरण समिति समक्ष पेश गर्ने,
(घ) समितिको सञ्चालन गरेका कार्यक्रमहरू वार्षिक प्रतिवेदन तयार गरी समिति समक्ष पेश गर्ने,
(ङ) समितिको तर्फबाट आयोजना कार्यान्वयनका लागि आवश्यक समन्वय गर्ने,
(च) समितिले तोकिदिएका कार्यहरू गर्ने, गराउने ।